प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

३८० किलोग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ

२०८०-०९-०३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, आँपटारी स्थितमा JH-02W.9631 नम्बरको भारतीय ट्रक एता उता घुमाई रहेको अवस्थामा शंका लागि ट्रक चालक देश भारत सम्बल जिल्ला बस्ने ४५ वर्षीय अनिल गिरी र सहचाकल सोही ठेगाना बस्ने ३० वर्षीय राजपाल समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा ट्रकको अगाडी क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई राखेको लागुऔषध गाँजा सानो ८ पोका, ठुलो २० पोका गरी जम्मा २८ पोका अन्दाजी ३८० किलोग्राम फेला पारी थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।