प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल दुर्घटनामा परि एकको मृत्यु

२०८१-०१-०३

  • A
  • A-
  • A+
Share

रामेछाप, खाँडादेवी  गाउँपालिका-३, भिरपानी स्थित तिल्पुङबाट काठमाण्डौ जाँदै गरेको बा.८९प. ४३८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खस्न गई दुर्घटना हुँदा  मोटरसाईकल चालक जिल्ला रामेछाप मन्थली नगरपालिका-३, कठजोर बस्ने जानसिंह कार्कीको छोरा वर्ष २६ को अशोक कार्की घाईते भई उपचारको लागी सिन्धुलीको खाल्टे अस्पताल ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको । पछाडी सवार जिल्ला दोलाखा मेलुंङ गाउँपालिका-२, घ्याङ बस्ने वर्ष ३०को सन्जित दर्जी सामान्य रहेको ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।