प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

हतियार सहित मानिस नियन्त्रणमा

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, बसामाडी सरस्वरी पेट्रोलपम्म नजिक पूर्ब पश्चिम सडकखण्डमा बिशेष सुचनाको आधारमा पैदल हिडिरहेको पदमपोखरी भोर्ले बस्ने वर्ष अन्दाजी ४४ को सुरेश घलानलाई प्रहरीको कमाण्डमा खटिएको बिशेष टोलीले रोकी चेकजाँच गर्दा निजको झोलाबाट USA अटोमेटिक पेस्तोल (म्याग्जिन सहित , गोली नभएको) फेला परेको थियो । निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।