प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०३-०९

  • A
  • A-
  • A+
Share

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९, मझिमटार चेकपोष्ट स्थित पृथ्वीलोक मार्गमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, गजुरी र प्रहरी चौकी जोगीमारा, धादिङबाट खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट भारत तर्फ जाँदै गरेको HR 38 U3431 नम्बरको भारतिय डिब्वा कन्टेनरलाई  चेकजाँच गर्ने क्रममा अन्दाजी ६१३ के.जी. लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थितमा अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको गस्ती टोलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-४, अदुवाबारी बस्ने वर्ष २५ को शंकर मिजारलाई अन्दाजी २ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।