प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा कोरोना पोजेटिभबाट एकको मृत्यु

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-४, नाला डेरा गरी बस्ने २८ वर्षीया सरस्वती बि.क. धुलिखेल अस्पतालमा सुत्केरी भएको र कोरोना भाइरस समेत पोजेटिभ देखिएकोले डिस्चार्ज नगरी उपचार गर्नु पर्छ भनि सोहि अस्पतालको डाक्टरले भन्दा भन्दै पनि आफुखुशी डिस्चार्ज गरी लगेकोमा गाह्रो भई पुन: उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याउँदै गर्ने क्रममा बाटोमा नै मृत्यु भएको । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।