प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८०-०३-०१

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-६, हर्दी स्थित पूर्व पश्चिम राजमार्गमा बिग्रिएर रोकी राखेको ना ५ च ३२७७ नम्बरको बलेरो गाडीमा लोथरबाट खैरहनी तर्फ जाँदै गरेको बा प्र ०६-००१ प ५५४८ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई ठोकिन जाँदा मोटरसाईकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका-१० बस्ने २५ वर्षीय आभाष अर्याल घाइते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याएकोमा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।