प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

तीन जिल्लामा झुण्डी मृत्यु

२०७९-१२-२३

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-, कल्याणपुर बस्ने अन्दाजी ६१ वर्षीय जंग बहादुर भुजेलले आफ्नै घरको कोठाको बलोमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत्यु अवस्थामा निजको श्रीमती हरीमया भुजेलले फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

काभ्रे, पनौती नगरपालिका-१, स्थित खमले भन्ने स्थानमा ६४ वर्षीय बाल कृष्ण सापकोटा घर देखी अन्दाजी ५०० मिटर तल खमाले जंगलमा रहेको चिलाउनेको रूखमा आफुले कम्मरमा बांधेको पटुकाको पासो लगाई झुन्डी मृत्यु भएको अवस्थामा भेटिएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-९, सुकौरा स्थित बस्ने अन्दाजी ५०।५१ वर्षीय रामकृष्ण गौली आफ्नै घर नजिकै रहेको चिलाउनेको रुखमा प्लाष्टिकको डोरिको पासो लगाई झण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।