प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०६-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व-पश्चिम सडक खण्डमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलिले मनहरीबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ११७६ नम्बरको बोलेरो र सोही दिशाबाट जाँदै गरेको ना ५३ प ६११४ नम्बरको मोटसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा बोलेरो गाडीको बोरामा अन्दाजी ४० किलोग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध सहित बलेरो चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने ४१ वर्षीय अर्जुन प्रसाद थपलिया, मोटरसाईकल चालक जिल्ला पर्सा, बिन्दाबासिनी गाउँपालिका-४, बस्ने ४० वर्षीय बिनोद चौरासिया र सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।