प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा सर्पले डसेर दुई बालकहरूको मृत्यु

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१, कुर्थौली बस्ने गणेश पहाडीको २ छोराहरू १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीलाई सर्पले टोकी छटपटी रहेका अवस्थामा निजको आमाले थाहा पाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, सिर्थौली लगिएकोमा उपचार हुन नसकी थप उपचारको लागि जानकी हेल्थ केयर, जनकपुर लगिएकोमा उपचारको क्रममा डाक्टले दुबै बालकहरूलाई मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।   


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।