प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-११-२६

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-१, वनकट्टा रिउ खोला पुल स्थित लागुऔषधको कारोबार भई रहेको छ भन्ने सूचनाको आधारमा उक्त स्थानमा ईलाका प्रहरी कार्यालय माडी चितवनबाट टोली खटी गई हेर्दा घर जिल्ला गोरखा,गोरखा नगरपालिका-३ बस्ने २५ वर्षीय मकैसिंह जीवन प्रजा र जिल्ला गोरखा,पालुङटार नगरपालिका-१ बस्ने २३ वर्षीय सरोज दानकोटीलाई चेकजाँच गर्दा निजहरुको साथबाट ट्रामाडोल ४४ पत्ती, ऐनार्गन ४४ पत्ती(प्रती पत्ती १०ट्याबलेट) र अन्दाजी ५०० ग्राम लागुऔषध गाँजा फेला परेको र निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।