प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

१५ किलोग्राम लागुऔषध चरेस सहित एक जना पक्राउ

२०८०-११-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-२, भैँसे स्थित चेक प्वाईन्टमा प्रहरी चौकी भैँसेबाट खटिएको चेकिङ टोलीले धादिङ तर्फबाट बिरगंज तर्फ आउँदै गरेको बा.प्र.-०२-०२०प ८८३३ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३१ वर्षीय प्रसान्त तामाङले पछाडी भिरेको कालो झोलाबाट अन्दाजी १५ किलोग्राम लागुऔषध चरेस फेला परेकोले उक्त लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।