प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पोखरीमा डुबी मानिसको मृत्यु

२०८०-०३-३०

  • A
  • A-
  • A+
Share

दोलखा, बैतेश्वर गाउँपालिका-३, पाईले घर भई हाल बैतेश्वर गाउँपालिका-६ गुस्ठी स्थितमा रहेको बिर बहादुर तामाङ लगाएत ५/६ जनाको समूहले संचालन गरेको तामाकोशी कृषक समुहमा २०/२२ दिन देखि काम गर्दै आएको अन्दाजी वर्ष ४६ को गोपाल खड्का पोखरीमा डुबिरहेको अवस्थामा भेटी तत्काल उपचारको लागी लालिगुरासँ कम्युनिटि अस्पताल दोलखा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस घटना मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।