प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चोरीको स्कुटर सहित २ जना पक्राउ

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

दोलखा, तामाकोशी गाउँपालिका-१, भिरकोट हिले स्थित बा ८३ प ९६९७ नम्बरको निलो कलरको स्कुटर बेवारिसे अवस्थामा छ भन्ने सूचना प्राप्त हुना साथ प्रहरी चौकी किरातीछाँपबाट प्रहरी टोलि खटी गई हेर्दा उक्त स्कुटर, जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-१ बस्ने अन्दाजी वर्ष १५ को सुवास नेपाली र सोही ठेगाना बस्ने अन्दाजी वर्ष १७ को विक्रम कटुवाल काठमाण्डौंको सोह्रखुट्टेको गल्लीमा चाबी सहित फेला पारी उक्त स्कुटर चोरी गर्ने २ जनालाई पक्राउ गरेको हो । चोरी गर्ने २ जना सहित स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।