प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०४-०४

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-६, महेस दोभानमा प्रहरी चौकी बैरेनि धादिङबाट खटिएको गस्ति टोलीले जिल्ला धादिङ गजुरी गाउँपालिका-७ किरानचोक बस्ने वर्ष ५० को भगवान पण्डितले बा.प्र.-०३-००१ ह ११४२ नम्बरको अटोमा अन्दाजी १० के.जी. लागुऔषध गाँजा सहित फेला पारी निज भगवान पण्डित र अटो चालक सहित नियंत्रणमा लिई थप अनुसन्धाक कार्य भईरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले  बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना.५ ख ८६८८ नम्बरको यात्रु बाहक माईक्रोलाई  शंका लागी चेक जाँच गर्दा माईक्रोमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका-२ राधेमाई बस्ने वर्ष अन्दाजी ३५ की किरण देबिनाले बोकेको झोलाबाट लागुऔषध डाईजेपामा-३५ पिस, फेनार्गन-६६ पिस, नुफिन -३४ पिस (जम्मा-१३५ पिस सबै 2 ml भएको) फेला पारी सवार निजको साथि देश भारत मतिहारी जिल्ला कलबारी मोडरीग्राम बस्ने वर्ष अन्दाजी २६ की पुनम देवी राम पनि संलन रहेको भन्ने बुझिएको, साथै उक्त लागुऔषध किनमेलमा संलग्न रहेको जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ HID बस्ने वर्ष अन्दाजी २७ को टेक बहादुर मगर लाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।