प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुरा प्रहार गरी एकको हत्या

२०८०-०१-२८

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-८, निबुवाबोट स्थित शानदार होटलमा सोही ठेगाना बस्ने अन्दाजी २५।२६ वर्षीय निरज पण्डितले सोही ठेगाना कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरलाई छुरा (चक्कु) प्रहार गरी गम्भिर घाईते भई उपचारको लागि नर्भिक अस्पताल, काठमाण्डौं लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । छुरा प्राहार गर्ने निरज पण्डितलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।