प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०८०-०३-३१

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले यस कार्यालय मातहत बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको स्थलगत अनुगमन भ्रमण गर्नु भएको छ । आज आयोजित एक कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख राणाले बागमती प्रदेश प्रहरीको प्रमुख प्रहरी प्रशिक्षण केन्द्र दुधौलीमा तालिमरत प्रशिक्षार्थीको कवाज निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । यसै गरी सिन्धुली जिल्ला अन्तर्गत ईलाका प्रहरी कार्यालय भिमान तथा कपिलाकोट समेतको आकस्मिक निरीक्षण एवं अवलोकन गर्नु भएको थियो ।  


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।