प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०७-२३

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-६, पोखरेखोला स्थितमा ईलाका प्रहरी कार्यालय धादिङबाट खटी गएको प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला धादिङ गजुरी गाउँपालिका-४, भुमिढुङ्गा घर भई हाल सोहि वडा-६ पुकुन बस्ने वर्ष अन्दाजी ७० की  ठुलि माया थोकर र सोहि घर भई बस्ने वर्ष २५ को बिर बहादुर तामाङले बोकेको झोलामा ५ किलो लागुऔषध गाँजा फेला परेको थियो । निजहरुलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।