प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिरामी भई उपचारको लागी लाने क्रममा एकको मृत्यु

२०८०-०४-३०

  • A
  • A-
  • A+
Share

 चितवन भरतपुर महानगरपा-१५, महेन्द्रचोक स्थित सुर्खेत घर बताउने हाल २०५२ साल देखि चितवन भरतपुर महानगरपालिका-१५ महेन्द्रचोकको विभिन्न स्थानमा काम गर्दै हिडेको र हाल सोहि ठाउँ किरण श्रेष्ठको घरमा  काम गर्दै बस्दै आएका वर्ष अन्दाजी ४०/४५ को रेशम थापा खुट्टा सुन्निने बिरामी भई उपचारको लागि लाने तयारी गर्दा उक्त घरमै मृत्यु भएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।