प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस मृत अवस्थामा फेला

२०८०-०२-०२

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-१०, केराबारी स्थित जिल्ला नुवाकोट, बिदुर नगरपालिका-२ बस्ने अन्दाजी ५४ वर्षीया देवकी अधिकारी खनाल घरबाट अन्दाजी १६ किलोमिटर उत्तर मृत अवस्थामा फेला परेको थयो । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी बिदुर नगरपालिका-३, बांगेभिर स्थित त्रिशुली नदीको किनारामा नामथर र वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।