प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-५, डाडीघाट बस्ने ४६ वर्षीय सुमन तमाङ र सोही ठेगाना बस्ने ४२ वर्षीय शंकर तमाङ बीच समान्य बिवाद हुँदा सुमन तमाङले आफ्नै घरबाट भरुवा बन्दुक झिकी शंकर तमाङले मलाई ताकेको छ भनि अस्थायी प्रहरी पोष्ट हाप्सेचौरमा खबर गर्न साथ अस्थायी प्रहरी पोष्ट हाप्सेचौर र ईलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोलि खटि गई भरुवा बन्दुक सहित सुमन तमाङलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।\

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।