प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसुवामा करेन्ट लागी एकको मृत्यु

२०८०-०४-१३

  • A
  • A-
  • A+
Share

रसुवा, आमाछोदिङ्‍मो गाउँपालिका-१, हाकु स्थित माथिल्लो त्रिशुली जलबिद्युत आयोजना अन्तर्गत पर्ने ड्‍याम साईडमा बिजुलीको काम गर्ने जिल्ला उदयपुर, गढी गाउँपालिका-७ घर भएको अन्दाजी वर्ष ३०/३२ को भोज बहादुर खड्का शुरुङ भित्र बिजुलीको काम गर्ने क्रममा एक्‍कासी करेन्ट लागी घाईते भएकोमा निजको प्राथमिक उपचार स्थानिय मेडिकलमा गराए पश्‍चात थप उपचारको लागि सोही हाईड्रोको गाडीद्वारा स्टार अस्पताल नुवाकोटमा पुर्‍याईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।