प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित एक जना पक्राउ

२०७९-१२-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-, माझीटार प्रहरी चेक प्वाईन्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले कटारीबाट काठमाण्डौं तर्फ जान आउँदै गरेको मधेश प्रदेश ०१-००१ ज ०१०७ नम्बरको सुमो गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार जिल्ला उदयपुर, कटारी नगरपालिका-३ बस्ने २१ वर्षीय एल्बिन खड्काले बोकेको झोला भित्र लागुऔषध (CodiWell)100 ML को बोतल ४३ वटा र सोही झोला भित्र (DIALEX-DC) 100 ML को बोतल ५० वटा समेत गरी जम्मा ९३ वटा बोतल लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।