प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

२०८०-०६-१८

  • A
  • A-
  • A+
Share

नुवाकोट, म्यागाङ गाउँपालिका-२, बुङताङ स्थित बस्ने वर्ष ७१ को सेते सुनारको आरनमा भरुवा बन्दुक मर्मत गर्दै छ भन्ने खबर यस प्रहरी चौकी देउराली नुवाकोटमा प्राप्त हुना साथ यस चौकी  देउरालीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटी गई भरुवा बन्दुक -२ थान र भरुवा बन्दुक मर्मत गर्न ल्याउने सोहि बस्ने वर्ष ५२ को सिंह तामाङ र वर्ष २७ को साहिल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।