प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन, दोलखा र सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०८०-०२-०५

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-९, खरिकुना स्थित बस्ने ५७ वर्षीया मन कुमारी अधिकारी घर नजिकै रहेको परालको टौवामा काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

दोलखा, कालिञ्चोक गाउँपालिका-६, लेप्टुन बस्ने अन्दाजी ५३ वर्षीय हर्क बहादुर थापा घरदेखि अन्दाजी २ किलोमिटर उत्तर बारीको झिगानेको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-९, कमल डाँडा बस्ने ३१ वर्षीय सुमन मैनाली घरको काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।