प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-०८-०३

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-९, शक्तिखोर बस्ने ३८ वर्षीय भजिराम सुनार घर देखि अन्दाजी ३०० मिटर दक्षिण तर्फ खनिउको रूखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

दोलखा, जिरी नगरपालिका-८, सिमचौर बस्ने अन्दाजी ३३ वर्षीया सानुमाया दाहाल आफ्नै घरको बाथरुमको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-५, लामढुंङ्गे स्थित बस्ने ५८ वर्षीय राम बहादुर श्रेष्ठ आफ्नै घर नजिकै आँपको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।