प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित पक्राउ

२०८०-०२-०८

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार चेकपोष्ट स्थित प्रहरी चौकी जोगिमारा धादिङको प्रहरी टोलिले सवारी साधन चेकजाँज गर्ने क्रममा काठमाण्डौंबाट पोखरा तर्फ जाँदै गरेको बा २ ख १४१० नम्बरको माइक्रो हायस चेकजाँच गर्दा उक्त हायसमा सवार जिल्ला पर्वत, फलेवास नगरपालिका-१० बस्ने ३४ वर्षीय राज कुमार क्षेत्रीले The North Face 50 लेखेको पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याएको फिका-फिका हरियो कलरको प्लाष्टिकमा पोकापारी ल्याएको ४ पोका (४ किलोग्राम ११० ग्राम) लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।