प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेवारिसे सामान नियन्त्रणमा

२०८०-०४-२७

  • A
  • A-
  • A+
Share

सिन्धुली गोलन्जोर गाउँपालिका-७, माथील्लो चेक पोष्ट नजिक बि.पि. राजमार्गको छेउमा संकास्पद ३ ओटा प्लाष्टिकको झोला बेवारीसे अवस्थामा रहेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय, खुर्कोट सिन्धुलीबाट प्रहरी टोली खटी गई हेर्दा उक्त झोलाहरुमा (सुर्ती जन्य पदार्थ ) ८३५०(आठ हजार तीन सय पचास) पिस, तुल्सी अन्दाजी मुल्य ८५०००।(पचासी हजार) बराबरको फेला पारिएको थियो । उक्त सामानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।