प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागी हुँदा १ करोड रूपैयाँ भन्दा बढीको क्षति

२०८०-०१-११

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-२, चियाबारी स्थित राज कुमार श्रेष्ठको घर भाडामा लिई सोही ठेगाना बस्ने अम्बिका कुमारी बुढाथोकीले किराना पसल संचालन गर्दै आएकोमा निजले आफ्नो कोठामा बालेको दियो बत्तीले अचानक घरमा सल्किन गई आगलागी हुँदा अम्बिका कुमारी बुढाथोकीको पसलको किराना सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन र नगद रू. १,००,०००। सहित अन्दाजी रू. १५,२०,०००। क्षति भएको र घरधनी राज कुमार श्रेष्ठको घर जली पूर्ण रूपमा नष्ट भएको हुँदा अन्दाजी रू. १०,००,०००। समेत गरी २५,२०,०००। बराबरको क्षति भएको छ । निजको घरसँगै जोडिएको सोही ठेगाना बस्ने कौशल थापाको नगद रू. २,६०,०००। र सुनचादीको गरगहना, होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. ३२,००,०००। र सोही ठेगाना बस्ने योग बहादुर थापाको होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. २६,००,०००। र सोही ठेगाना बस्ने गंगा बहादुर थापाको नगद रू. १३,००,०००।– र होटलको सामानफर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. ३३,००,०००। गरी जम्मा अन्दाजी रू. १,१६,२०,०००।– (अक्षरेपी रू. १ करोड १६ लाख २० हजार) बराबरको क्षति भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।