प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी साधनले किची सहचालकको मृत्यु

२०८०-०६-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगर‍पालिका-१०, कर्राचोक नजिक प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा सोही क्रेनको सहचालक जिल्ला पर्सा, बिरगंज उपमहानगरपालिका-३०, लाल पर्सा बस्ने अन्दाजी २८ वर्षीय सान बाबु पासवानलाई किची गम्भिर घाईते भई उपचारको लागी हेटौंडा अस्पताल लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । गाडी र गाडी चालक नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।