प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा सवारी दुर्घटना हुँदा ७ को मृत्यु

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

धादिङ गजुरी गाउँपालिका-५, घांटबेशि स्थित पृथ्वीलोकमार्गमा लुम्बिनीबिलोकमार्गमा कपिलबस्तुबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु २ ख २१२१ नं.को ५१ जना यात्रु सवार बस अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुली नदिमा खस्दा ७ जनाको मृत्यु भएको र ४४ जनाको विभिन्न अस्पतालहरूमा उपचार भईरहेको छ ।

मृतकहरू

१) जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका-२, बस्ने वर्ष ३४ कि रोमी श्रेष्ठ ।

२) जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका-१०, बस्ने वर्ष ५५ को बेखा पुटुवार ।

३) जिल्ल रुपन्देही मायादेवी गाउँपालिकार-४, बस्ने वर्ष ३५ को नासिर अलि  ।

४) जिल्ला रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-९, बस्ने वर्ष ३५ को जोगिन्दर यादव ।

५) जिल्ला कपिलवस्तु सुद्धोधन गागरपालिका-८,  बस्ने वर्ष २६ को महेन्द्र चौधरी ।

६) जिल्ला रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-३, बस्ने वर्ष २१ को किशोर राम कलवार ।

७) जिल्ला रुपन्देही कोटईमाई गाउँपालिका-२, बस्ने वर्ष ३४ को सराजुद्दिन मुसलमान ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।