प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश भित्र प्रहरी सेवा सम्वन्धी उजुरी/गुनासो तथा सुझावको लागी QR Code को सुरूवात

२०८०-०८-२६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट प्रहरी सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, जवाफदेही, पारदर्शिता र जिम्मेवारी बोध गराई नागरिक सु-सम्बन्ध एवं सुशासन कायम राख्ने प्रयोजनको लागि QR Code प्रयोग सम्वन्धी कार्यविधि निर्माण गरी बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूबाट स्विकृत भई लागू भएको छ ।
    सेवाग्राहीहरूको हितलाई मध्यनजर गर्दै प्रहरीले प्रदान गर्ने प्रहरी सेवाको सम्बन्धमा कुनै गुनासो, पीरमर्का वा सुझाव भएमा सेवाग्राहीले आफ्नो भनाई राख्न तथा सम्पर्क गर्ने प्रयोजन अनुरुप क्युआर कोड (QR Code) को अवधारणा विकास गरिएको हो । बागमती प्रदेश प्रहरी मातहतका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र सम्पूर्ण स्थानीय निकायहरूको ९८ पालिकाको कार्यालयहरूमा समेत प्रहरीको काम कारवाही र पृष्ठपोषण रहने गरी QR Code प्रयोग सम्वन्धी मापदण्ड तयार गरी उजुरी/ गुनासोको कार्यान्वयन सम्बन्धमा भएका प्रगतिको बारेमा उजुरीकर्तालाई जानकारी गराउने समेत व्यवस्था मिलाईएको छ । QR Code Scan गरि प्राप्त निर्देशन बमोजिम प्रहरी सेवा सम्वन्धमा आफ्ना कुनै गुनासो तथा सुझावहरू राख्न सकिने छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।