प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट नाबालकको मृत्यु

२०८०-०२-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, जाँते बस्ने ३६ वर्षीया सोनी पाख्रिनले आफ्नै छोरा वर्ष ७ को अस्किन वाईबा र १८ महिनाको जेनिस वाईबा समेतलाई प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने बिषादी आफु र बच्चाहरू समेतलाई खुवाई बिरामी भई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएकोमा वर्ष ७ को अस्किन वाईबाको अवस्था मध्यम, उक्त दुई जनाको अवस्था गम्मीर भई थप उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुरमा लगेकोमा १८ महिनाको जेनिस वाईबा उपचारको क्रममा CMC अस्पताल, भरतपुरमा मृत्यु भएको छ ।  यस घटना सम्बन्धमा थप अनुसनधान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।