प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै जिल्लामा झुण्डी मृत्यु

२०७९-११-२१

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-६, भोर्ले स्थित बस्ने कुल बहादुर भारतीको छोरा वर्ष २१ को राजन भारतीले आफ्नै घर नजिक रहेको खर्सेटोको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस्तै धादिङ, सिद्धलेक गा.पा.३, द्वार थोक बस्ने १५/१६ वर्षीया सुनिता उपरकोटी आफ्नै घरगोठमा नाम्लो डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, हे.उ.म.न.पा.-०९, स्थित मदनपथमा बस्ने सुमित्रा वाग्लेको कान्छो छोरा अन्दाजी २०/२१ वर्षीय  प्रलाद वाग्ले आफ्नै घरको जस्ताको छानाको फलामको पाईपमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

काभ्रेपलाञ्चोक, पाँचखाल न.पा. १२, खामपुर बस्ने ४२ वर्षीय  शान्ते भन्ने बिकि दनुवार ऐ. स्थित खटारमा शुभने खोला नजिक रहेको शम्भु खड्काको पानीको ईनार भित्र नाईलनको डोरीको घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।