प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी एकको मृत्यु

२०७९-११-१६

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-४, लामीडाँडा  स्थित अरनिको राजमार्गमा  जिरोकिलोबाट पाँचखाल तर्फ जाँदै गरेको बा.५ ख ३४९४  नं.को खाली टिफरले विपरीत दिशा बाट आँउदै गरेको बा. ८५ प ९०१७  नं.को मोटरसाईकल लाई ठक्कर दिँदा  मोटरसाईकलमा सवार २ जना व्यक्तिहरू घाईते भई उपचारको लागि धुलिखेल अस्पताल पठाएको । निजहरू मध्य जिल्ला सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ बस्ने वर्ष २० को गौतम तामाङको उपचारको क्रममा मृत्यु भएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।