प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अचानक बिरामी भई एकको मृत्यु

२०८०-०४-२४

  • A
  • A-
  • A+
Share

काभ्रेपालाञ्चोक बनेपा नगरपालिका-६, गोदामचोक स्थित डेरागरी आफ्नै मोटरसाईकल ओर्कशप खोली काम गर्दै आएको वर्ष २० को गुड्डु कुमार साह (घर भारत शिवहर बिहार ) ओर्कशपमा काम गर्दै गर्दा एक्कासी छाती दुख्यो भनी उपचारको लागी निजको फुपुको छोरा दाजु नाता पर्ने वर्ष २५ को सुबोध कुमार साहले शिरमेमोरियल अस्पताल तर्फ लैजाने क्रममा बाटो मानै मृत्यु भएको छ । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।