प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बसले ठक्कर दिई एकको मृत्यु

२०८१-०१-१३

  • A
  • A-
  • A+
Share

चितवन राप्ती नगरपालिका-२ गड्यौली स्थित पुर्व पस्चिम सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको (चतरा सुनसरी तिर्थयात्रा गएर आएको) बागमती प्रदेश ०३-००१ ख २७५३ नम्बर बसमा सवार यात्री वर्ष ६० की निमा कुमारी रिजाल सोही बसबाट झर्ने क्रममा सोही बसले ठक्कर दिंदा गम्भिर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।  बस र चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-१८ बस्ने वर्ष ४१ को कृष्ण सापकोटा प्रहरीको नियन्त्रणमा रहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।