प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०२-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२, ठुलोदमार स्थित ना ६३ प ६५८७ नम्बरको मोटरसाईकलमा लागुऔषध सहित मानिस आएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी टोली खटी गई उक्त मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक हेटौंडा उपमहानगरपालिका-१७, राजदेवि बस्ने वर्ष अन्दाजी ४९ को बद्री खड्का र पछाडी सवार हेटौंडा उपमहानगरपालिका-१८, भोर्ले बस्ने वर्ष अन्दाजी २३ को सन्देश भुजेलको साथबाट अन्दाजी ९२० ग्राम लागुऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।