प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०९-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२, सहिदचोक स्थित जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएको सिभिल टोलीले पैदल यात्री जिल्ला पर्सा, पकाहा मैनपुर गाउँपालिका-१ बस्ने २३ वर्षीय बिरेन्द्र शर्मालाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध डाईजेपाम ४२ एम्पुल, नुर्फिन ४३ एम्पुल, फेनारगर ४३ एम्पुल र मोबाईल थान-१ फेला परी नियन्त्रणमा लिई थप अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।