प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०२-२३

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउँपालिका-६, नाकाजोली बस्ने ६४ वर्षीय टेक बहादुर मगर G-ROGAR नामक विषाधी सेवन गरी घरबाट १.५ कि.मि. उत्तर धाराखोला सामुदायिक वनमा छट्पटाई रहेको अवस्थामा निजको आफन्तले उपचारको लागी शुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि  धुलिखेल अस्पताल ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको । यस घटना समबन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।