प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रूखबाट लडी दुई जनाको मृत्यु

२०८०-०२-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-६, चिसापानी बस्ने अन्दाजी ५० वर्षीया शान्तिमाया माझी घरबाट अन्दाजी २०० मिटर दश्चिण तर्फ आफ्नै बारीमा रहेको स्वामीको रूखमा चढी स्याउला झार्ने क्रममा सोही रूखबाट लडी मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धानन कार्य भईरहेको छ ।

रामेछाप, मन्थली नगरपालिका-८, चिसापानी सुहानटार बस्ने अन्दाजी ३५ वर्षीया बिन्दा मग्राती आफ्नै घर नजिक रहेको कटहरको रूखमा घाँस काट्ने क्रममा आफैँ लडी घाईते भई उपचारको लागि धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक लगिएकोमा अस्पताल पुग्नसाथ निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवशयक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।