प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित एक जना पक्राउ

२०८०-११-१८

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार प्रहरी चौकी जोगिमाराको पृथ्वीलोकमार्गमा खटिएको चेकिङ टोलीले काठमाण्डौंबाट पोखरा तर्फ जादै गरेको बा २ ख १४१० नम्बरको हाईस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका-४, आरुखर्क बस्ने ३२ वर्षीय प्रदिप घाम्बोले पहेलो रंगको बोरामा Noophin – 25 एम्पुल, Cerejack- 75 एम्पुल, Abbott -75 एम्पुल, Bupremorphine- 50, एम्पुल गरी जम्मा एम्पुल - 225 एम्पुल र निजको साथमा रहेको सामसुङ कम्पनिको मोबाईल सेट-२ थान फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।