प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रहरी सेवामा रहेका कुकुरहरू ( K-9) सेवा निवृत्त “9 years of service, Today We retired”

२०८०-०५-२७

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्ष देखी कार्यरत रहेका Labrador जातको  SHERE तथा  German shepherd जातका TIGER  र JOHN नाम गरेका कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी प्रहरी कुकुर ( K-9) हरूको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम सेवा निवृत्त भएका छन् ।  जोन र शेरे नामका कुकुरहरूले आफ्नो सेवा अवधिमा १२०० पटक लागू औषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाईगर नामको कुकुरले सुरक्षाको लागि ७०० पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, बाटो, संसद भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो । यस्तै बागमती प्रदेश अन्तर्गत जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अपराध अनुसन्धान गर्नमा समेत उल्लेखित प्रहरी कुकुरहरूको उत्कृष्ट भुमिका रहेको थियो ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।