प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा विषादी सेवनबाट एकको मृत्यु

२०८०-१२-०६

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-८, भदौरे बस्ने नर बहादुर सार्कीको श्रीमती अन्दाजी वर्ष ४० की शोभा सार्कीले आफ्नो घर भन्दा अन्दाजी ३० मिटर दक्षिण तर्फ रहेको आफ्नै बारीको खोल्सीमा मेटासिट नामक विषादी सेवन गरी अशक्त अवस्थामा निजको श्रीमान र छोराले फेला पारि उपचारको लागि ट्रमा सेन्टर मुजेलिया जनकपुरमा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।