प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुली र चितवनमा झुण्डी मृत्यु

२०८०-०२-११

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-११, तल्लो धन्सरी बस्ने अन्दाजी वर्ष ९ को युबराज जोगी आफ्नै घरको कोठामा काठको कोरामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी दुधौली नगरपालिका-१०, सिर्नजना नगर स्थित हाम्रो कटेज होटलमा जिल्ला धनुषा, महेन्द्रनगर घर बताउने वास्तविक वतन नखुलेको अन्दाजी २३।२४ वर्षीय विनय सिङ कोठा बुक गरी बसेकोमा निज बिहान अबेर सम्म नउठेकोले उक्त होटल संचालकले कोठामा गई हेर्दा पंखाको हुकमा पर्दाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-२६, ज्योतिनगर बस्ने ४४ वर्षीया रनिता अधीकारी आफ्नै आफ्नै घरमा कोठाको सिलिङमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।