प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रेडियो अपरेटर ग्रेड थ्री १७ औँ समूहको तालिम समापन

२०८०-०३-०३

  • A
  • A-
  • A+
Share

बामगती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाद्वारा बागमती प्रदेश प्रहरी गण हेटौंडामा सञ्चालित ७५ कार्यदिन अवधीको प्रहरी जवान लक्षित संचार तालिम १७ औँ समूहको प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा प्रशिक्षार्थीहरूले कार्य क्षेत्रमा आईपर्ने समस्या तथा तालिम सम्बन्धी विभिन्न विषयमा जिज्ञासाहरू राखेका थिए भने प्रदेश प्रहरी प्रमुख राणाले प्रशिक्षार्थीहरूका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । तालिम समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने सफल प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै तालिममा सिकेका ज्ञान, सिप र अनुभवलाई कार्य क्षेत्रमा कुशतलापूर्वक प्रयोग गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो । तालिममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी लगायत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । गत चैत ५ गतेबाट संचालन भएको उक्त तालिममा २५ जना पुरुष र ५ जना महिला गरी ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।