प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०५-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर राक्सिराङ गाउँपालिका-३, दमार स्थित प्रहरी चौकी चैनपुरबाट खटिएको गस्ती टोलिले पैदल यात्री जिल्ला मकवानपुर मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने वर्ष अन्दाजी ३८ को टेक बहादुर तामाङलाई शंका लागी चेकजाच गर्दा निजले बोकेको झोलामा लागुऔषध गाँजा अन्दाजी १०kg फेला पारी निजलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर मनहरी गाउँपालिका-६, खयरघारी स्थित प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलिले ना३२प २९५५ नम्बरको मोटरसाइकल चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने वर्ष अन्दाजी २९ को सन्त लाल लामालाई शंका लागी चेकजाच गर्दा निजले बोकेको झोलामा लागुऔषध गाँजा २ kg र नगद रु. ५९,०००।–(अक्षरुपी उनान्साठी हजार मात्र)फेला पारी निजलाई उक्त लागुऔषध गाँजा, नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।