प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८०-०२-२४

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लास्थित विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूसँग उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरूले बागमती प्रदेशको शान्ति सुरक्षाको विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले संचारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो । यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राणाले प्रभावकारी शान्ति सुरक्षा व्यवस्थापनमा संचार माध्यमको समेत महत्वपूर्ण भूमिका हुने भएकाले निरन्तर समन्वय गर्दै अगाडी बढ्न संचारकर्मीहरूलाई आह्वान समेत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरूको काम कारबाहीको सन्दर्भमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । 


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।