प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु

२०७९-११-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-२, हेभि स्थित काठमाण्डौबाट हेटौडा तर्फ जाँदै गरेको बा ७३ प ९०६० नं.को मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल सडकमा खसी दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार जिल्ला दाङ बस्ने वर्ष अन्दाजी २३ की आसिका चौधरी ढुङगामा ठोकिदा निजको घटना स्थलमै मृत्यु भएको छ भने मोटरसाईकल चालक जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका-५, थानकोट बस्ने वर्ष अन्दाजी २६ को ओम कुमार रानामगर सामान्य घाईते भएका छन । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।