प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा करेन्ट लागी दुई जनाको मृत्यु

२०८०-०२-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-८, तल्लोबिरे फाँट स्थित मकै बारीमा लत्रीएको बिजुलीको नाङ्गो तारलाई उठाउन भनी फलामको खन्तीले खाडल खन्ने क्रममा खन्तीले तारलाई छुन गई करेन्ट लाग्दा मकवानपुर, बकैया गाउँपालिका-८, गोठडाँडा बस्ने अन्दाजी ६० वर्षीय खर्क बहारदुर थिङ र सोही ठेगाना बस्ने अन्दाजी ५० वर्षीय पुर्ण बहादुर लो घट्नास्थलमा नै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।