प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा आगलागी, २० लाख बराबरको क्षति

२०७९-११-२९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-८, स्थित लामोसाघु बजारमा रमेश श्रेष्ठको घरमा सोही ठेगाना बस्ने कृष्ण के.सी.को के.सी. ईलेक्ट्रोनिक सेन्टरमा बिजुलीको करेन्ट सट भई आगलागी हुदाँ उक्त पसलमा रहेको नयाँ पुरानो मोबाईल, ईलोक्ट्रोनिक जग, चार्जरहरू, घडी, मल्टिप्लग, बिजुलीको सामानहरू, अन्य विविध सामाग्री र नगद रू. १५,०००।-(पन्ध्र हजार) जली अन्दाजी जम्मा २० लाख बराबरको क्षति भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।